बहराइनी राजकुमारको टोली काठमाडौंमा

चैत ३, काठमाडौं। सगरमाथा आरोहणको मिसन लिएर बहराइनका राजकुमार मोहम्मद हमद मोहम्द अल खलिफाको टोली सोमबार साँझ नेपाल आइपुगेको छ। १३ जना बहराइनी र ३ जना बेलायती नागरिक सोमबार नेपाल आइपुगेका हुन्।

काठमाडौं पुगेपछि उनीहरु सिधै होटल म्यारियट पुगेका छन्। जहाँ उनीहरु सात दिन क्वारेन्टिन बस्नेछन्। त्यसपछि उनीहरु लुक्ला पुग्नेछन्।

राजकुमारको टोलीले आफूसँगै कोरानाविरुद्धको खोप पनि बोकेर आएको छ। २००० डोज खोप बोकेर सो टोली आएको हो। टोलीले हिमाल आरोहणका सहयोगी शेर्पाहरुका लागिसमेत सो खोप उतैबाट बोकेर आएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.