मिस तामाङ २०२१ को उपाधि काभ्रेकी सफलता थिङलाई (फोटो फिचर)

फागुन २८, काठमाडौं । तामाङ समुदायको भाषा, कला, संस्कृति र पहिचानको जर्गेना तथा प्रर्वद्धनमा टेवा पु¥याउन आयोजना गर्दै आएको तामाङ सुन्दरी प्रतियोगीताको १३ औं संस्करणमा आईपुग्दा काभ्रेकी चेली सफलता थिङले मिस तामाङ–२०२१ को उपाधी हात पारिन् । उनले मिस मल्टिमिडिया, मिस इन्टिलेक्च्युल र मस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि हात पारेकी हुन् ।

शुक्रबार राजधानीमा भएको एभेष्ट फेशन होम नेपालद्वारा आयोजित ग्राण्ड फिनालेमा थिङले २३ प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै मिस तामाङको उपधी जित्न सफल भईन् । त्यस्तै फस्ट रनरअफ पेमा पाख्रिन र सेकेन्ड रनरअफ सोनिया वाइबा भएका छन् ।

मिस तामाङ विजेता सफलतालाई नगद रु. एक लाख २० हजार सहित सिल्बर क्राउन र उपहार प्रदान गरिएको छ ।  त्यस्तै फस्ट रनरअफ पेमा पाख्रिन र सेकेन्ड रनरअफ सोनिया वाइबाले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँ सहित उपहार प्राप्त गरिन् ।

निर्णायक मण्डलले टप ५ मा सफलता थिङ, पेमा पाख्रिन, रोशनी रुम्बा तामाङ, सिसम दोङ लामा, सोनिया वाइबा छानिएको थियो । निर्णायक मण्डलहरूमा संगीतकार प्रदिप बमजन, डा. छिरिङ योञ्जन, नवाङ मोक्तान, वर्षा लेखी रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.