दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

फागुन २७, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा आज १५ श्ययाको नगर अस्पताल शिलान्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरी पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताउनुभयो । जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

“अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । १५ श्ययाको नगर अस्पताल आगामी १८ महिनामा पूरा हुने छ । रु पाँच करोड १० लाख ३५ हजारको लागतमा बन्ने अस्पताल नागार्जुन निर्माण सेवाले जिम्मा पाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.