फागुन २२, काठमाडौं । सिन्धुपाल्चोक, मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा खसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराएका छन् ।
आयोजना सुरु भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक, मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो । अहिले प्रधानमन्त्री ओलीले सो कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।

