फागुन २२, काठमाडौँ । काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका माकलबारीमा रहेको जय मल्टिपल क्याम्पसले एमबिएस चौथो सेमेस्टरका विद्यार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रम गरेको छ ।

आज क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा २६ जना विद्यार्थीलाई शुभकामना तथा बधाई दिनुहुदैँ क्याम्पस प्रमुख भावनी प्रसाद पौडेलले आगामी दिनहरुमा ब्राण्ड एम्बेसडरको रुपमा विद्यार्थीहरुसंग सहकार्य गर्ने बताए । शिक्षामा सबै कुराको तालमेल मिलेपछि सफलता हात पार्नेमा जोड दिनुहुँदै विद्यार्थीहरु यस क्याम्पसको गौरव रहेको बताए । शत प्रतिशत विद्यार्थी उत्तिर्ण भएकोम क्याम्पस प्रमुख पौडेलले खुशी व्यक्त गरे ।

कार्यक्रममा क्याम्पसका एमबिएसको चौथो सेमेस्टरलाई अध्यपन गराउने प्राध्यापकहरुलाई समेत सम्मान गरिएको थियो ।

