फागुन १८, काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवसँग वार्ताका लागि टोली गठन गर्नु सकारात्मक भएको प्रतिक्रया दिएको छ ।
कांग्रेसले इमानदारीपूर्वक वार्ताबाट समाधानमा पुग्न आग्रह गरेको छ । ‘सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रही समाधान खोज्नेछन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आज सरकार र विप्लव समूहले वार्ताका लागि टोली गठन गरेका छन् ।


