घरबाट निस्कने पानी मूलबाटोमा नपठाउन मन्त्री फुयाँलको आग्रह

फागुन १८, काठमाडौँ । बागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले व्यक्तिको घरबाट निस्कने पानी र फोहोर सडकमा नपठाउन आग्रह गरेका छन् ।

घर तथा सहायक बाटोबाट मूलबाटोमा पानी पठाउदा सडकको संरचना चाँडै बिग्रिने र सडक निर्माणमा समस्या आएको बताएका छन् । प्रारम्भ खबरसंग कुरा गर्दै मन्त्री फुयाँलले सडक सार्वजनिक सम्पत्ति भएकाले संरक्षणमा सबैको उत्तिकै दायित्व रहेको बताए । उनले २०७८ सालको नयाँ वर्ष अगाडी सुन्दरीजलको सडक विस्तारको काम शत प्रतिशत सम्पन्न हुने दाबी गरेका छन् । ठाउँठाउँमा कालोपत्रे गरिने र सडकले मूर्त रुप दिनेमा विश्वास व्यक्त गरे ।

सडक विस्तारको क्रममा ११÷११ मिटरको बाटो नछोटेको कारण सडक पेटी निर्माणमा समस्या परेको उल्लेख गर्दै जनताले सडकमा पेटीको माग गरेपनि बनाउन नसकिएको बताए । त्यस्तै चाबहिलदेखि साँखुसम्मको सडकलाई सम्पन्न गर्न अन्तिम प्रयास गरिने बताए । बिजुलीको पोलहरु हटाएर सडक विस्तारमा सहयोग गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई मन्त्री फुयाँलले आग्रह गरे ।

विकासको गतिलाई एकिकृत रुपमा अगाडी बढाउन दूरसंचार, विद्युत, ढल विकास तथा खानेपानीको काम पनि संगसंगै लाने प्रयासमा रहेको उनले बताए । मन्त्री फुयाँलको सक्रियतामा काठमाडौँ क्षेत्र नं. ३ मा विकासको गति तिब्र रुपमा अगाडी बढेको छ । उनले तारेभिर सडक निर्माण, आलापोट, नयाँबस्ती जम्बुडाँडा क्षेत्र, गगन नगरविकास टोलदेखि पहेँलो पुल सम्म ढल सहित कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालय सम्हालेपछि बागमति प्रदेशका थुप्रै स्थानहरुमा विकास निर्माणले सार्थकता पाएको छ । प्रारम्भ खबरसंग कुरा गर्दै मन्त्री फुयाँलले विकास निर्माणको कामलाई एकिकृत रुपमा विकास गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् । समुदायको आवश्यकतालाई प्राथामिकतामा राखी विकास निर्माणको काममा सरकार रहेको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.