बुधबारदेखि सांसदहरुलाई काेभिड १९ विरुद्धको खाेप दिइने

फागुन १७, काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणाको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो । १९ गतेदेखि खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.