काभ्रेमा छे–वाङ तथा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

फागुन १४, काठमाडौँ । काभ्रेपाल्चोक जिल्ला स्थित रोशी गाउँपालिका वडा –२, ठूलोगाउँमा छे–वाङ तथा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

वुधबार जोक्पा छेन्पो थर्पालिङ गुम्बाको आयोजनामा भएको सो कार्यक्रममा बौद्ध धर्मगुरु खेन्पो म्हुन्सेल दोर्जेद्वारा छे– वाङ प्रदान गरेका थिए । महायानी बौद्ध परम्पराको ‘ल्होछार पर्व लाङ (म्हे) ल्हो’ को अवसरमा गुम्बाद्वारा आयोजित वाङ तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका धर्मगुरु म्हुन्सेल दोर्जेले प्रवचनमार्फत बौद्ध धर्म र ल्होछारको बारेमा स्पष्ट पारे ।

त्यस्तै संविधान सभा सदस्य एवम् समाजसेवी प्रकाश पाख्रिनले तामाङ समुदायको पहिचानलाई बचाई राख्न नयाँ पुस्ताले चासो लिनुपर्ने बताए । तामाङ इतिहास र सभ्यताको विषयमा चर्च गर्दै आफ्नो पहिचानका लागि आफूबाटै सुरुवात गर्नुपर्ने बताउँदै गहन अध्ययन र सामाजिक सदभावसहित अघि बढ्नुपर्ने बताए । परिवर्तन अर्काले गर्ने होईनन्, आफूबाटै गर्नुपर्छ भन्दै आहार, विहार र विचारमा ध्यान दिएर अघि बढेमा समाज बदल्न समय नलाग्ने उनले तर्क गरे ।

कार्यक्रमा जोक्पा छेन्पो थर्पालिङ गुम्बा समितिका सल्लाहकार समेत रहेका समाजसेवी तथा धार्मिक अभियन्ता सूर्य लोप्चनले निर्माणाधीन गुम्बालाई बुद्धको मूर्ति उपलब्ध गराउने प्रतिबद्धता गरे । उनले बौद्ध धर्मसम्बन्धि महत्वपूर्ण भनाई राख्दै गुम्बाले सबै मानव जगतलाई सत्मार्गमा लाग्न सहयोग पु¥याउने बताए । सल्लाहकार लोप्चनले गुम्बा सबै मानवजातीको साझा सम्पत्तिको रुपमा रहेकोले धार्मिक सहिष्णुता र सद्भावको सम्बन्धलाई कायम राख्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै स्थानीय समाजसेवी तथा शिक्षक गणबहादुर लामाले आफ्नो धर्म, संस्कृति र पर्वहरुको संरक्षण गरी सामाजिक सद्भावसहितको समाज निर्माण गर्नुपर्ने बताए । पर्वहरुकै अवसरमा समाजमा सकारात्मक कार्यको सुरु गर्नुपर्ने बताउँदै विकास निर्माण तथा सचेतनाको अभियानलाई तिब्रता दिन सबैलाई आग्रह गरे ।

गुम्बाका अध्यक्ष भिमबहादुर लोप्चनले छे–वाङ तथा ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गरेको तेस्रो वर्षमा प्रवेश गरेको उल्लेख गर्दै स्थानीयहरुको साथ र सहभागीतालाई धन्यवाद व्यक्त गरे । उनले सामाजिक, आर्थिक तथा भौतिक सहयोग गरेर भए पनि प्रस्तावित गुम्बालाई पूर्णता दिन सबैलाई आग्रह गरे । उक्त कार्यक्रममा रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथनचोक लगायत विभिन्न ठाउँबाट दर्शकहरुको सहभागीता जनाएका थिए । साँस्कृतिक कार्यक्रममा चर्चित गायिका शशिकला मोक्तान र गायक विशाल थिङ लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती राखेका थिए ।

प्रस्तावित साढे तीन तलाको गुम्बा निर्माणाधीन अवस्थामा छ । काभ्रेका प्रदेश सभा सदस्य चन्द्र लामाको पहलमा करिव ४५ लाख बजेट निकास गरी १ तलेसम्म निर्माण भएको त्यस गुम्बाको संरचना पूर्णता पाउन सरकारलाई गुम्बा समितिद्वारा थप बजेटको माग गरेका छन् । ऐतिहासिक र प्राकृतिक तिनधारे झार्ना समेत रहेका त्यस भेगमा धार्मिक हिसावले महत्व बोकेको जोक्पा छेन्पो थर्पालिङ गुम्बालाई छिट्टै सम्पन्न गर्न सकेमा पर्यटन प्रर्वद्धन तथा आर्थिक पक्षमा सहयोग पु¥याउने बाटो खुल्नेमा स्थानीय तथा गुम्बा व्यवस्थापन समितिलृे अपेक्षा राखेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.