फागुन १४, काठमाडौं । नेपाल वादोरियो कराते डो संघको वार्षिक कार्यक्रम अनुसार सञ्चालित ग्रेडिङमा काठमाडौंका समिर लामा उत्कृष्ट घोषित भएका छन् ।
सहभागी ४९ जना मध्ये समिरले १०० पूर्णाङकमा सर्वाधिक ७९ अंक ल्याउदै उत्कृष्ट बनेका हुन् । सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो । ग्रेडिङमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र दोलखाका खेलाडीको सहभागिता रहेको थियो। सहभागी ४९ मध्ये ४५ जना ब्राउन वेल्टबाट फस्ट डान ब्ल्याक वेल्ट तथा बाँकी ४ ब्ल्याक वेल्ट फस्ट डानबाट दोश्रो डानमा पदोन्नती भएका छन् ।

प्रशिक्षकहरु सूर्य राई, सन्तोष माझी, रमेश ढुंगेल र पुरुषोत्तम पोखरेलले ग्रेडिङ सञ्चालन गरेका थिए । उत्तीर्ण हुनेलाई नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका संस्थापक मुख्य प्रशिक्षक हरिशरण केसी, महानगर प्रहरी वृत, बौद्धका डिएसपी नवीन कार्कीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र र वेल्ट प्रदान गरे ।


