फागुन १३, काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका छन् ।
जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ अहिले पेरिसडाँडा पुगेका छन् । दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन् । यसअघि दाहाल–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

