ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट महिलाको मृत्यु

फागुन १०, काठमाडौं । ललितपुरमा ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जावलाखेल चोकमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा. २ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । उनले भने, “हाम्रो नियमित चेकिङ थियो । उहाँले त्यसलाई छल्न खोज्दा भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दियो । त्यसक्रममा ज्यान गएको हो ।”

मृतकको पहिचान खुलेको छैन । घटना हुनुमा ट्राफिक प्रहरीको कमजोरी नभएको एसएसपी भट्टराईले दाबी गरे । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको साथमा लाइसेन्स नभेटिएको र त्यसैकारण भाग्न खोजेको हुनसक्ने प्रहरीको दाबी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.