उपत्यकावासीलाई मनोरञ्जन दिन महानगरको सांस्कृतिक महोत्सव

फागुन ६, काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकाले सांस्कतिक महोत्सव गरेको छ । नेपाली सेना प्रहरीको सांस्कृतिक कार्यक्रमसहित विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिमा महोत्सव भएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उपत्यकावासीलाई मनोरञ्जन दिन महोत्सव आयोजना बताएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा भएको महोत्सवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत महानगरपालिकाका पदाधिकारीको उपस्थिति थियो ।

सांङ्गितिक महोत्सवमा गायक सविन राई, आधुनिक गायक मिलन नेवार लोक तथा आधुनिक गायक प्रकाश सपुत र प्रीति आलेले गीत गाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.