संवाद खबर डटकमको प्रारम्भ

फागुन ५, काठमाडौं । श्री बसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ ।

नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको हो । नेपाली सञ्चार जगतको उन्नयनका लागि निरन्तर काम गर्ने उद्देश्यका साथ आफ्नो कार्यलाई अझ प्रभावकारी र सशक्त बनाउने क्रममा नेपाल संवाद केन्द्रले अनलाईन संवाद खबर डटकम प्रारम्भ गरेको हो ।
शुभराम्भ कार्यक्रमका प्रमुख अतिथि हिमाल दृष्टि पत्रिकाका सह–सम्पादक विजय मिश्रले कार्यक्रमको उद्घाटन गर्दै हरेक विषयमा जिम्मेवार तथा गहन सन्तुलित खबर÷समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ संवाद खबर डटकमको शुरू गरिएको बताउनु भयो ।

संवाद खबर डटकमको प्रारम्भ कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यालय प्रमुख सन्तोष आचार्य, नागरिक निगरानीका संम्पादक रविराज रिमाल, स्टुडेन्ट कन्सेप्ट पत्रिकाको सम्पादक मोहन श्रेष्ठ, नेपाल एलर्टका सञ्चालक भुपेन्द्रबहादुर क्षेत्री, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सह–केन्द्रीय कार्यालय प्रमुख तर्कराज पाठक, वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटे, पत्रकार निशा तामाङ्ग लगायत अतिथिको उपस्थिति रहेको थियो । सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले कार्यक्रममा संवाद खबर डटकमलाई शुभकामना र शुभेच्छा, व्यक्त गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.