साउन २१, काठमाडौं । काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरणमा परेका छन् । सिन्धुपाल्चोक स्थायी घर भई परिवारसँग काँडाघारी बस्दै आएका निशान खड्काको अपहरण भएको हो । उनको परिवारसँग अपहरणकारीले ४० लाख रुपैयाँ फिरौती माग गरेका छन् ।
आइतबार साँझदेखि हराएका बालकलाई अपहरण गरेको भन्दै ४० लाख रुपैयाँ फिरौती मागेपछि परिवारले प्रहरीलाई जानकारी दिएका छन् । अपहरणमा परेका जानकारी पाएलगत्तै बालकको खोजीकार्य तीब्र पारिकाएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । बालकको खोजीको लागि एक सय जनाको टोेली परिचालन गरिएको एसएसपी पोखरेलले बताए । ुबालकको अपहरण भएको भन्ने खवर आएको छ । हामीले उनको खोजी कार्यलाई तीब्रता दिएका छौं । उनले भने ।
अपहरणमा परेका बालककी आमा काठमाडौंमा चियापसल चलाउँदै आएकी छन् । भने बाबु वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन्।

