अपराध महाशाखाका एसएसपी दिपक थापा एकाएक काज सरुवा

फागुन ३, काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख एबं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको आज एकाएक काज सरुवा भएको छ ।

अपराध महाशाखाको जिम्मेबारी समाले लगत्तै अपराधमा सम्लग्नहरुलाई उल्लेख्नियरुपमा कानुनी कठघरामा उभ्याउन सफल भएका एसएसपी थापाको आज एकाएक काज सरुवा भएको हो । दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न अर्थात गोंगबु हत्याको अपरेशन जोजो त्यस्तै अप्रेसन ‘रक्स’ हेलमेटबाट पत्ता लागेको  ‘सुडाल हत्याकाण्ड,१३र१८ बर्षदेखि फरार अपराधीहरु पक्राउ,  हुण्डी कारोबारी, नक्कली सुनका धन्देबालाहरु लगायत उनको कार्यकालमा पक्राउ परेका मुख्य घटना हुन् । त्यसैगरि युवतीमाथि भएको एसिड प्रहारमा पनि उनको उत्तिकै सक्रियता थियो ।

एसएसपी थापा सहित ४ को काज सरुवा

एसएसपी थापा सहित गृह मन्त्रालयले ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा गरेको छ। महानगरीय अपराध महाशाखाको प्रमुखमा चन्द्रकुवेर खापुङको सरुवा भएको हो ।  सोमबार गृह मन्त्रालयले एसएसपी खापुङलाई अपराध महाशाखामा काज सरुवा गरेको प्रहरी प्रवक्ता वसन्त कुँवरले बताए ।  अपराध महाशाखाका एसएसपी थापाको प्रहरी प्रधान कार्यालय नक्साल सरुवा गरिएको हो । थापाको गत वैशाख १२ गते महाशाखा सरुवा भएका थिए ।

यस्तै १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी मधुसुदन लुइँटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको कुँवरले बताए। यसैगरी बाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी हरिराज वाग्लेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.