सर्वोच्चको कायममुकायम प्रधानन्यायाधिशमा मिश्र

साउन २०, काठमाडौँ । सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी वरिष्ठ न्यायाधिश ओमप्रकाश मिश्रले सम्हालेका छन्।

कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी आईतबारबाट विदामा बसेपछि दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधिश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन्। प्रधानन्यायाधिशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधिश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्विकृत गरेपछि आईतबारबाट विदामा बसेका थिए।

जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधिश मिश्रले आईतबारबाट सम्हालेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोरखेलले जानकारी दिए। सर्वोच्च अदालतमा आईतबार ५७ थान मुद्दा पेसीमा चढेको थियो। त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.