प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर विरोध सभा गर्दै

फागुन ३, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले देशका ७७ वटै जिल्लामा एकै साथ विरोध गर्न लागेको हो । विरोध सभाको सबै कार्यक्रम तयारी सकिएको कांग्रेसले जनाएको छ । सो विरोध सभामा सहभागी हुन सभापति शेरबहादुर देउवाले आफ्ना नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज (फागुन ३ गते) ७७ वटै जिल्लामा हुन लागेको विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् । जिल्ला कार्यसमितिहरूले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन देउवाले अपिल गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.