फागुन १, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिपूर्ण ढंगले समाजवादी क्रान्ती सम्पन्न गर्न सकिने बताएका छन् । जनयुद्ध दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजवादी क्रान्ती सम्पन्न गर्न हतियार उठाउनुपर्ने आवश्यक नरहेको बताए ।
उनले समाजवादी क्रान्ती अबको मुख्य कार्यभार भएको बताए । समाजवादी क्रान्ती गर्दा जनयुद्धको के भूमिका रहन्छ भन्ने विषयमा बहस गर्न सकिने उनको भनाइ छ । समाजवादी क्रान्ती गर्दा प्रतिक्रियावादीले प्रतिरोध गर्न सक्ने र दमन गर्नुपर्ने अवस्था आउन सक्ने बताए । गृहमन्त्री बादलले समाजवादी क्रान्ती असफल पार्न खोजे त्यसका लागि सचेत हुनुपर्ने बताए ।

