कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई अविलम्ब पक्राउ गर्न माग

फागुन १, काठमाडौँ । नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषी पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई दुःखद्रूपमा लिएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान तीव्र बनाउन, दोषीलाई अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन्। शान्ति स्थापना र संविधान निर्माण पश्चात मुलुकमा अमनचयन स्थापना हुने र नागरिकको जीवन सुरक्षित बन्ने भन्ने विश्वास लिइए पनि यस्ता घटना भइरहनु गम्भीर चिन्ताको विषय बनेको विज्ञप्तिमा जनाइको छ ।

निर्मला पन्त प्रकरणका दोषी अझै कहीँ खुला घुमिरहेका तथा भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै रहेको उल्लेख गर्दै कांग्रसले शान्ति सरक्षाका लागि प्रशासन संयन्त्रलाई थप चुस्त बनाउन अपिलसमेत गरेको छ । यसै क्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा पार्टीले केन्द्रीय सदस्य रमेश लेखकलाई बैतडी पठाएको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.