माघ २९, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविलाई सरसफाई सामग्री वितरण गरिएको छ ।
सेभ द अर्थ नामक संस्थाले सरसफाईका ११ किसिमका सामग्री र निः सक्रमिकरणका १९ प्रकारका सामग्री वितरण गरेको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कियोस, यूएलवमन र यूएनएफपीएको सहयोगमा सेभ द अर्थ सुनसरीले विद्यालय सरसफाई र निःसक्रमिकरणका सामग्री वितरण गरेको हो । विद्यालयमा जिम्मेवार निकायलाई थप प्रभावकारी कामसगैं विद्यालय, समुदाय, शिक्षक र विद्यार्थीको हितमा काम गर्ने गरि सामग्री वितरण गरिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।
उहाँले विद्यालयको समग्र सरसफाईका लागि ११ किसिमका विभिन्न सामग्री र निः सक्रमिकरणका लागि १९ प्रकारका विभिन्न सामग्री वितरण गरेको बताउनुभयो । विद्यालयलाई सफा र स्वच्छ वनाउन सवैले ध्यान दिनुपर्नेमा जोड दिदै यूनिस्कोका प्रतिनिधि सत्यनारायण चौधरीले विद्यालयले आफ्नो विद्यालयको सरसफाई तथा निः सक्रमिकरण गर्न‘ुुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा कोभिड १९ महामारीका कारण रोगको संक्रमण फैल्न नदिनका लागि सामान्य सहयोग स्वरुव सामग्री विरण र सोही विषयमा अभिमु’खिकरण समेत गरिएको बताउनुभयो । सामग्री हस्तारण विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवलाई गरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
विद्यालय सरसफाई र निः सक्रमिकरणका सामग्री हस्तान्तरण तथा अभिमुखिकरण कार्यक्रममा शिक्षक देवकृष्ण यादव, देवनारयाण यादव, रामानन्ध मण्डल, निमित वडा अध्यक्ष कमल भौर, शिक्षा विकास तथा समन्वय ईकाईका कर्ण बहादुर राई, इनरुवा नगरपालिका शिक्षा शाखाका गणेश पोखरेल, बाल समूहका राजाराम शर्मा, पावर्ती चौधरी, किसोरी अधिकारकर्मी अनुसा यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य हसिना खातुन, रिता यादव सहितको उपस्थिती रहेको थियो ।
अभिमुखिरकण कार्यक्रममा विद्यालय सरसफाई र निः सक्रमिकरणको मार्ग दर्शन, सरोकारवालाहरुको त्यसमा भुमिका , अनुगमन चेकलिस्ट, विद्यालयमा पालना गर्नुपर्ने नियमहरु, सरसफाईका अभ्यास सहितका विषयमा जानकारी दिएको थियो । कार्यक्रम वृहत्तर यौनिकता शिक्षा तथा सुरक्षित सिकाई वतावरण प्रावधान मार्फत नेपालका युवा महिला तथा किसोरीलाई शसक्तिकरण गर्ने क्रममा गरिएको जनाएको छ ।

