माघ २४, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको अध्यक्षमा तरुण दल काठमाडौ क्षेत्र नं ३ का सभापति संजय लामा मनोनित भएका छन । उनको अध्यक्षतामा नगरपालिका भरिका युवाहरुलाई समेटेर १६ सदस्यीय समिति निर्माण गरिएको हो ।
शुक्रबार नगरपालिकामा एक कार्यक्रमका बीच उनलाई गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन २०७७ को परिच्छेद २ को दफा ४ को उप दफा १ क मा भएको व्यवस्था अनुसार गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनित गरिएको हो। सदस्यहरुमा आइत लामा, अमित कुमार पण्डित, हरिबोल ,बिष्ट, विकेश श्रेष्ठ, धर्म थिङ लामा, रति लामा, पेमा डोल्मा तामाङ, दिनेश राई, अनिता श्रेष्ठ, कुमार लामा, शत्रुधन बहादुर सुवेदी, ओम प्रसाद ढकाल तथा दिपक लामा, खेलकुद बिज्ञ र रामनारायण शाह, सदस्य सचिबको रुपमा रहनेछन।
शिबराम कारंजित, विशेष सल्लाहकार को रुपमा मनोनित भएका छन।

त्यसैगरी बिषयगत खेलकुदका संयोजकहरुमा
अरुण कार्की – कराते
बिकाश राई– फुटबल
रामकुमार तामाङ– फुटसल
राजेन्द्र लम्सालण् बास्केटबल
सरोज पुडाशैनी– ब्याडमिन्टन
संजय श्रेष्ठ– क्रिकेट
श्रीराम श्रेष्ठ – भलिबल
हिरेन लामा– स्विमिङ
हरि कृष्ण श्रेष्ठ– टेबल टेनिस
देबेन्द्र बस्न्यात – साईक्लिङ
सोभितमान गिरी– तेक्वान्दो
केशब थापा – पारा खेलकुद

