आज १४२ संक्रमित थपिए, २०६ जना डिस्चार्ज

माघ २१, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज १ सय ४२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २०६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ३१ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.