माघ १९, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज १ सय ५९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार १ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

