आज नेकपाका दुवै समूहसँग छलफल गर्दै निर्वाचन आयोग

माघ १६, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहसँग आज छलफल गर्ने भएको छ । आयोगले बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाएको हो ।

शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । आयोगको पत्रमा अध्यक्षसहित अध्यक्षले तोकेका पाँच÷पाँचजना व्यक्ति उपस्थित हुन भनिएको छ । निर्वाचनको तयारीका विषयमा जानकारी गराउन लागिएको धमलाले बताए । यसअघि, आयोगले दुवै समूहले गरेको पदाधिकारी हेरफेरको निर्णय अभिलेख गर्न नेकपाको विधानसम्मत नदेखिएको भन्दै अस्वीकार गरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.