माघ १३, पाँचथर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताएका छन् ।
ताप्लेजुङमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताए । निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताए । ४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, नेपालले भने ।
ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै नेपालले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’ निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालले बताए । नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले आग्रह गरे ।
बयलबाडा लिएर गए हुन्छ’, उनले भने । केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाए । यसै बिच कार्यक्रममा वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा भएको नेपालले टिप्पणी गरे ।

