बँदेलको आक्रमणबाट चार जना घाइते

माघ ११, बझाङ । बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।

बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन् । अर्का व्यक्तिको भने नाम खुलाएको छैन । खेतमा गहुँ खान आएको बँदेललाई धपाउँदै गर्दा उल्टै झम्टिएको स्थानीयवासीले बताएका छन् ।

उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ । कुँवरको भने बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीयवासी सुरेश कुँवरले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.