शालिनदीमा स्वस्थानी व्रत सञ्चालन हुँदै, व्रत बस्न इच्छुकले नाम दर्ता गराउनुपर्ने

माघ ९, काठमाडौँ । एक महिने माधवनारायण स्वस्थानी व्रत साँखु शालिनदीमा सञ्चालन हुने भएको छ ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले प्रत्येक वर्ष व्यवस्थापन गर्दै आएको माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्म चल्ने व्रत, पाठपूजा तथा मेला यस पटक भने फरक तरिकाले सञ्चालन हुने भएको छ ।

एक महिना सम्म व्रत सञ्चालन गरेपनि यस पटक मेला नहुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । व्रत बस्न इच्छुक महानुभावका लागि माघ १० गतेदेखि १२ गतेसम्म नाम दर्ता गर्ने समय तोकेको छ । माघ १३ गते व्यवस्थापन समितिले तोकेको ठाउँमा पिसिआर÷ एण्टीजेन परीक्षण गर्ने भएको छ । साथै निमोनियाको लक्षण भएको व्यक्तिले भने व्रत बस्न नपाउने जनाएको छ ।

तस्बीरः शालिनदी÷ प्रारम्भ खबर

 

डब्लु एचओले रिफर गरेका विभिन्न रोगहरु भएका विरामीहरुलाई व्रतमा सहभागी नगराउने आयोजकले बताएको छ ।
साँस्कृतिक परम्परा जोगाउने र व्रतालुहरुको स्वास्थ्य सुरक्षालाई समेत ख्याल गरी साँखु शालिनदीमा माधवनारायण स्वस्थानी व्रत सञ्चालन गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठ बताए । व्रतालुहरुलाई बस्नको लागि बासस्थानको व्यवस्था समितिले केही घरहरुको व्यवस्थापन गर्ने र वर्तमान विषम परिस्थितिमा स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले स्थानीयलाई बढि प्राथमिकता दिइने बताएको छ ।

पत्रकार सम्मेलनमा शंकरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले धार्मिक तथा ऐतिहासिक पर्वको संरक्षण सम्बद्र्धन आवश्यक रहेकोले स्वस्थानी व्रत बस्नेहरुको व्यवस्थापनमा नगरपालिकाले सहकार्य गर्ने बताएका छन् । यस वर्ष जात्रा नहुने बताए पनि आफ्नो परम्परालाई स्वीकार्न आउने व्रतालुहरुको थप सुरक्षा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयसंग समेत समन्वय हुने मेयर श्रेष्ठले बताए ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले यातायातमा देखिएको समस्यालाई समाधान गर्न नेपाल ट्राफिक प्रहरी, नेपाल प्रहरी र साँखु यातायात व्यवस्थापन समितिसंग समन्वय गरिने बताएको छ । आवश्यक स्वंयमसेवक परिचालन गर्ने, स्वास्थ्यका सामाग्री वितरण तथा सरसफाईलाई विशेष ध्यान दिने व्यवस्थापन समितिले जनाएको छ ।
स्वस्थानी व्रत परापूर्वकालमा माता पार्वतीले भगवान शिव पति पाउन भगवान नारायणलाई गुरु मानी बसेको त्यागको रुपमा मानिन्छ ।

भिडियो रिर्पोट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.