मेरो स्टाईल ‘वान पिस, मेरो माया वान पिस’

माघ ७, काठमाडौँ । यो माथिका हरफ चर्चित गायक तथा संगीतकार बिशाल काल्तानको नयां सेलो आधुनिक गित ‘मेरो स्टाईल’ गीतमा समाबेश शब्द हो।

अहिले सेलो गीतमा पुरानो धार र नयां धारको समिश्रण भयो भने त्यो गीतमा निश्चय पनि बिशाल काल्तानको नाम आउछ। धेरै चर्चित गीतहरुमा संगीत र स्वर भरेका गायक काल्तानको हालै आधुनिक सेलो गीत ‘मेरो स्टाईल’ को म्युजिक भिडियो सार्बजानिक भएको छ।

                    गायक बिशाल काल्तान

 

बिगतका गीतहरु भन्दा अलि फरक शैलिमा सृजना गरेको यो गित लाई दुच्छे म्युजिक क्रियसन युट्युब च्यानाल ले बजारमा ल्याएको छ। दुच्छे म्युजिकको प्रस्तुति रहेको यस गितको शब्द संगित भने गायक आफैले गरेका छन । काठमाडौको जेनेरिक स्टुडियोमा रेकर्ड गरेको उक्त गितको एरेन्ज एरेन्जर चाद सिं ले गरेका छन भने मिक्सिङ दिपेश प्रधान को रहेको छ।

सिन्धुलि जिल्लाको रमणीय ठाउंहरुमा छयांकन गरेको उक्त गितमा चर्चित मोडल मिलन थिङ पाराङका साथै चर्चित हांस्य कलाकार कुईसाङ रुम्बा ,मोडलहरु सन्तोष दोङ, सन्जय थिङ तामाङ र मोडल ईशा घिसिङ को अभिनय रहेको छ। नृत्य निर्देशक युद्द लामाले निर्देशन गरेको उक्त गितमा छयांकन, सम्पादन अनि कलर भने बिक्रम तामाङको रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.