नागरिक एप सार्वजनिक

माघ २, काठमाडौं । नेपाल सरकारले सबै सार्वजनिक सेवाहरु एउटै एपबाट दिनेगरी नागरिक एप सार्वजनिक गरेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरे । नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एप ल्याइएको मन्त्री गुरुङले जानकारी दिए । सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत् प्रयोग गर्न सकिने जनाइएको छ । सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ । सरकारले आर्थिक वर्ष २०७५÷ ०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । तीन वर्षपछि यसले पूर्णता पाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.