काठमाडौंको तापक्रम ६.८ डिग्री सेल्सियस, दिनभर मौसममा बदली

माघ १, काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ६.८ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १७–१९ डिग्री सेल्सियस पुग्ने छ । “काठमाडौं उपत्यकामा आज मौसम बदली रहने छ । घाम पनि पूर्ण रुपमा लाग्ने छैन भने बादल पनि डम्म लाग्ने छैन,” मौसमविद् पौडेलले भने । अहिले विहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हल्का हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भू–भागमा तापक्रममा गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भू–भागमा आंशिक बदली रहने र देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

आज राति प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भू–भागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भू–भागमा आंशिक बदली हुने बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.