शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न ‘सिकाई निरन्तरता अभियानको शुभारम्भ’

पुस २८, काठमाडौँ । शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न ‘सिकाई निरन्तरता अभियानको  शुभारम्भ भएको छ ।

कोभिड तथा विपदको समयमा पनि बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न हालको परिवेशमा सुरक्षित विद्यालय सञ्चालन तथा वैकल्पिक विधि प्रयोग गरि सिकाईलाई निरन्तरता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत केन्द्र, नेपाल शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र युनिसेफको संयोजन तथा विभिन्न शैक्षिक साझेदारीहरुको सहकार्यमा ‘सिकाई निरन्तरता अभियानको शुभारम्भ घोषणा भएको छ ।

 

आज भएको भर्चुअल मिटिङमा सहजकर्ता टिआर खतिवडाले प्रस्तुत गरेको कार्यपत्रमा अभियानका मूख्य लक्ष्यहरु सिकाई निरन्तरताको लागि स्थानीय सरकार र विद्यालयलाई सहयोग गर्न, सिकाई निरन्तरताको लागि शिक्षक परिचालन र अभिभावक शिक्षा प्रवद्र्धन गर्ने रहेको बताएको छ ।

वैकल्पिक शिक्षण सिकाईलाई विशेष जोड दिदै वर्तमान प्रविधिको प्रयोग गरी बालबालिकाको सिक्ने अवसरलाई सुनिश्चित गराउन अभिभावक तथा शिक्षकहरु लाग्नु पर्ने बताएको छ । विद्यालयहरु पूर्णरुपमा खुल्न नसकेको कारण बालबालिकाहरुमा परेको समस्यालाई समाधान गर्ने र सिकाईमा प्रभावकारी बनाउन अभियानले स्थानीय तहका सरकार, संघसंस्थाहरु, शिक्षक संघहरुलाई समेत जोडेर अभियानलाई अगाडी बढाउने बताएको छ ।

८५ लाख बालबालिकालाई शिक्षण सिकाईको वैकल्पिक विधिहरुमार्फत उनीहरुको पढ्ने अधिकारको सुनिश्चत गराउन सरकारको समेत दायित्व भएकाले सरकारी तहबाटै अभियान सफल पार्न कार्यविधि सहित लागेको अभियान्तहरुले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.