ट्राफिक प्रहरी नखटाएपछि सवारी लाइसेन्सको परीक्षा अनिश्चितकाल बन्द

पुस २७, काठमाडौँ ।  लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरी नखटाएपछि सवारी लाइसेन्सको परीक्षा अनिश्चितकाल बन्द भएको छ। बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले सोमबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको छ।

यातायात कार्यालयको संयोजकत्व र महानगरीय ट्राफिक प्रहरीको प्रतिनिधिमुलक भुमिका रहँदै आएकोमा सोमबारबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरी नखटाएको कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सूचनामा उल्लेख छ। जारी सूचनामा भनिएको छ ‘यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाको लागि कार्यालय परिवार क्षमाप्रार्थी छ।’

यता महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्रको परीक्षा प्रणालीलाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षालाई पारदर्शी बनाउन अन्य उपाय अबलम्बन गर्न सुझाव दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.