बंगलादेशका दशौं हजार विद्यार्थी सडक आन्दोलनमा उत्रिए

साउन १७, ढाका । बंगलादेशका दशौं हजार विद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले विगत पाँच दिनदेखि सडक आन्दोलन गरिरहेका छन् । अघिल्ला तीन दिन जस्तै चौँथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।

आफ्ना सहपाठी बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण मृत्यु भएपछि उनीहरुले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् । “हामी न्याय चाहन्छौँ,” जस्ता नारा लगाउँदै विद्यार्थीहरूले मुख्य मुख्य सडकमा प्रदर्शन गरेको स्थानीय टेलिभिजनहरूले देखाएका छन् । राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो एउटा बसले ठक्कर दिएर दुई विद्यार्थीको मृत्यु भएको थियो । घटनामा परी अरू नौ जना घाइते भएका थिए । घाइते भएका सबै शहिद रामिज उद्धिन क्यान्टोनमेन्ट कलेजका विद्यार्थी हुन् । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.