२ लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

पुस २५, झापा । १५ स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट २ लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

६ पालिकाका २ लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि सुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण सुरु गरेको बताए । २ लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर सुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उनले बताए । उनका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

“कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरण गरिसकिन्थ्यो”, सहायक प्रजिअ पाण्डेले भने, “पालिकाका वडामा दैनिक ६ देखि ८ वटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।” छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उहाँले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.