थली चौरमा नगरपालिका भवन शिलान्यास

पुस २४, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नै भवन निर्माण गर्ने भएको छ । थली स्थित कान्ति भैरव स्कूलको जग्गामा ३० वर्षाको सम्झौता गरी भवन निर्माण गर्न लागेको हो । आज (शुक्रबार) नगर प्रमुख कृष्णहरी थापा र उपप्रमुख विन्दू पुडासैनी (सिम्खडा) ले भवनको शिलान्यास  गरेका छन् ।

७ रोपनी क्षेत्रफलमा अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको अध्याधुनिक ७ ताले भवन निर्माण हुने नगर प्रमुख थापाले बताएका छन् । त्यस भवन नगरपालिकाको प्रयोजन बाहेक अन्य व्यवसायिक प्रयोजनका लागि रहने र नगरपालिकाभरिकै केन्द्रविन्दू भएकोले अन्य सरकारी कार्यालयहरु नापी तथा मालपोतको कार्यालय समेत त्यस भवनमा राख्ने बताएका छन् ।

त्यस्तै भवनको शिलान्यासपछि बोल्दै उपमेयर विन्दू पुडासैनी (सिम्खडा) ले नगरपालिका भवन सबैको साझा सम्पत्ति भएकोले समयमै निर्माण सम्पन्न गर्न सबैको भूमिका रहने बताएकी छिन् । कागेश्वरी मनोहरा नगरपालिका आफैमा साँस्कृतिक तथा पर्यटकीय गौरवको स्थल भएकाले नमूनाको नगरको रुपमा विकास भईरहेको बताईन् । नगरपालिकामा जनताको साथ र सहयोगले विकासको गति तिब्र रुपमा अगाडी बढिरहेको पनि बताईन् ।

करिव ३५ करोड लागतमा बन्ने त्यस नगर भवन निर्माणको जिम्मा टेण्डर प्रक्रियाअनुसार सगुन कन्सट्रक्सन निर्माण कम्पनीले पाएको छ । सम्झौता मितिबाट २४ महिनाभित्र काम सम्पन्न गराउने कन्सट्रक्सनका निर्देशक शहदेव खड्काले बताएका बताए । स्थानीय नागरिक र जनप्रतिनिधिको सहयोग पाएमा सम्झौता समय अवधि अगाडी नै काम सम्पन्न गर्ने बताएका छन् । भवन निर्माण समयअवधि ३ वर्षको रहेता त्यस समय अगाडी नै सम्पन्न हुनेमा प्रतिवद्धता व्यक्त गरे । शिालान्यास कार्यक्रममा नगरपालिका कर्मचारीहरु र स्थानीयहरुको सहभागीता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.