काभ्रेमा भूकम्प पीडितबाट ३० देखि ५० हजारसम्म घुस लिदै (भिडियो रिर्पोट हेर्नुहोस्)

प्रारम्भ खबर ।

साउन १७, काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा भूकम्प पीडित लाभग्राहीले पाउनुपर्ने अनुदानमा चरम अनिमियतता भएको छ । घर नक्सा डिपिसी नै नगरी प्राविधिक र स्थानीय युवाको मिलोमतोमा घुस लिर्दै रकम वितरण गरेको छ ।

स्थानीय विरमान मोक्तान, निशान मोक्तान सोही गाउँपालिका अन्र्तगत श्रीकुमारी मा.विका प्रधानाध्यापक समेत रहेका होमबहादुर वाईवा सहितको मिलोमतोमा प्रति घरधुरी ३० हजारदेखि ५० हजारका दरले असुल्दै घरनक्सा तय नगरी नै लाभग्राहीलाई रकम वितरण गरेको खुल्न आएको छ । सबै कर्तुत बाहिरिदै गर्दा सोही गाउँपालिकाकै पत्रकार बुद्ध लोप्चन र स्थानिय युवा विरमान मोक्तानबीच उक्त विषयलाई जिसमिस पार्ने भन्ने टेलिफोन संवाद समेत सार्वजनिक भएको छ ।

तत्काल डिपीसी तहसम्मको घर निर्माण कार्य सम्पन्न भएकालाई दोस्रो किस्ता उपलब्ध गराउनुपर्ने उक्त गाउँपालिकामा खटिएका प्राविधिक हर्ष बम र स्थानीय जनप्रतिनिधिका कारण वडा ८ र ९ का पीडितहरु निरासा बनेका छन् । स्थानीय विरमान मोक्तान र निशान मोक्तानको सहयोगमा प्राविधिक हर्ष बमले वडा ८ र ९ का पीडितहरुको प्रति घरदुरीबाट रु ५ देखि ७ हजारसम्म घुस लिइएको खुल्न आएको छ ।

पछिल्लो समयमा उक्त कुरा बाहिर आउन थालेपछि रातारात दुईकोठे घर निर्माण गर्न जग बसाल्न लगाउँदै ढाकछोप गर्न खोज्दा स्थानीयहरुबाट प्रतिवाद गर्न थालिएको पाइएको छ । सो कुरालाई लिएर जिल्ला प्रशासन कार्यालय धुलिखेल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण काभ्रे, अख्तियार अनुसन्धान आयोगसम्म उजुरी परेको जानकारी प्राप्तपछि निर्माण कार्य सम्पन्न भएका लाभग्राहीहरुलाई दोस्रो किस्ता उपलब्ध गराउन थालिएको गोप्य स्रोतबाट जानकारी आएको छ । अझै पनि केही पीडितहरुले पाउनुपर्ने राहत उपलब्ध गर्न नपाएको गुणासो आईरहदा सम्बन्धित निकाय मौन रहेको छ । स्रोतका अनुसार भूकम्पको रकममाथी अनिमियतता गर्नेहरुमार्थी छानविन गरी आवश्यक कारवाही गर्न जिल्लाबाट छानविन समिति समेत गठन गरी स्थलगत अनुगमन गराईसकेको र कारवाहीको प्रक्रिया अघि बढ्न नसकेको दावी छ ।

बाँकी भिडियो रिर्पोट हेर्नुस् 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.