राष्ट्रिय सभा बैठक आज १ बजे

पुस २३, काठमाडौं । हिउँदे अधिवेशनको दोस्रो राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले विषयगत समितिमा रहने सदस्यका नाम मनोनयनको लागि प्रस्ताव गर्नेछन् । आज विशेष समयमा राष्ट्रिय सभा सदस्यले आफ्नो धारणासमेत राख्ने छन् । हाल प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकाले राष्ट्रिय सभा बैठकमा त्यति एजेण्डा नहुने भएकोले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.