प्रचण्ड–माधव समूहद्वारा सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन

पुस १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय संगठनहरु, मोर्चा संगठनका पदाधिकारीहरु र सांगठनिक एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने अधिकार पाएको छ । पत्रकारहरुलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताए ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गरेको पनि प्रवक्ता श्रेष्ठले बताए। बैठकमा सरकारले प्रतिनिधिसभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय समेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक भोलि (सोमबार) दिउसो १२ बजे बस्ने भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.