नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेशन पोखरालाई एन.ए.जि. सीबाट सहयोग प्रदान

पुस १८, काठमाडौँ । नेपाल विश्व सहयोग संघ (एन. ए. जि. सि.) संस्था नेपाल शाखाको सकृयतामा नेत्रहीन विध्यार्थिहरुका लागि रु एक लाख सहयोग प्रदान गरेको छ।

कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला बिपन्न र अशक्त व्यक्तिहरुको पीडा हृदयविदारक भएको कटु सत्यलाई मध्यनजर गर्दै नेपालको पोखरामा सेवारत फाउन्डेसन फर नेप्लिज ब्लाइन्ड स्टुडेन्ट मार्फत सहयोग गरेको हो। सो रकम नेत्रहीन विध्यार्थीहरुको राहतको लागि हिजो डिसेम्बर ३०, २०२० मा भरचुवल जूम मिटिङ मार्फत एक बिशेष समारोहमा प्रदान गरियो।

कार्यक्रममा प्रमुख अथितिको रुपमा गण्डकी प्रदेश सांसद प्रकाश चन्द्र दबाडी उपस्थित हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिको रुपमा क्यालिफोर्निया अमेरिकाका महावाणिज्य दूत ॠषि ढकाल हुनुहुन्थ्यो । बिशेष अतिथिको रुपमा पिडिजी राजेन थापा, वरिष्ठ समाजसेवी उत्तम कार्की, चन्द्र धिताल, विनोद भट्ट तथा पत्रकार दीपेन्द्र श्रेष्ठ हुनुन्थ्यो। सो अवसरमा नेपाल, अमेरिका, सिङ्गापुर, भारत यु ए ई लगायत विश्वका अन्य स्थानहरुबाट समेत संघ संस्थाका प्रतिनिधिहरु, बुद्दिजिवी, पत्रकार, समाजसेवी, व्यापारी र मानव अधिकारकर्मीहरुको सहभागीता रहेको थियो।

एफ एन बि एस् का अध्यक्ष सूर्य छेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दातृ संस्था एनएजिसि का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले होस्टको भूमिका निर्वाह गर्नु भएको थियो। एन ए जिसी अमेरिका च्याप्टरका अध्यक्ष नीजानन्द मल्लको स्वागत भाषाणबाट सुरु भएको समारोहमा एफ एन बि एस् का सेक्रेटरी तथा प्रोग्राम कोअर्डीनेटर शिवलाल धितालले नेत्रहीनहरुका लागि संस्थाले गरेका योगदान बारे प्रकाश पार्नु भएको थियो। अत्यन्त पारदर्शी ढङ्गले सहयोगको सदुपयोग गर्ने सो संस्थाको उच्च मुल्याङ्कन गर्दै एन ए जि सीले सो संस्थासँग साझेदारी गर्दै सहयोगको हात बढाएको बताइन्छ।
प्रमुख अतिथिको आसनबाट माननीय सांसद प्रकाश चन्द्र दवाडीले दुबै संस्थाहरुको खुलेर प्रशंसा गर्नु भयो। आफू लामो समयसम्म जापानमा बसोबास गर्ने क्रममा नेत्रहीन विद्यार्थीवारे लामो अनुभव बटुलेको अनुभव बाँडदै नेत्रहीन प्रतिआफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनु भयो।

साथै वहाँले राज्य स्तरबाट हुन सक्ने कुनै पनि सहयोग गर्न तत्पर रहेको प्रतिवद्दता समेत प्रकट गर्नु थियो। बिशिष्ट अतिथी महा वाणिज्य दूत ॠषि ढकालले अशक्तहरुको लागि आफूले समेत सहकार्य गर्दै आएको र यस्ता प्रकारका पारस्परिक सहयोग हुनु अत्यन्त फलदायी हुने बताउँदै आफूले सकेको सहयोग गर्न तयार रहेको बताउनु भएको छ। त्यसै पिडिजी राजेन थापाले आफू दार्जिलिङमा अध्यापनमा रहँदा नेत्रहीनहरुलाई समेत पढाउन पाएको स्मरण गर्दै एफ एन बि एस् लाई लायन्स मार्फत सहयोग जुटाउने प्रयास गर्ने वताउनु भयो। कार्यक्रममा एन ए जि सि च्याप्टर अध्यक्षहरु निजानन्द मल्ल, गोविन्द ढकाल, प्रभाखर पराजुली, सुरेश पनेरुले आ(आफ्ना च्याप्टर मार्फत भएका जनसेवा वारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा एन ए जि सीका संस्थापक तथा अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले संस्था स्थापनाको पृष्‍ठभूमी वारे प्रकाश पार्दै नेपाल भित्र र नेपाल बाहिर नेपाली राष्ट्रियताको संरक्षण गर्न, आवाजहीनहरुको लागि आवाज बन्न, सामाजिक न्याय स्थापित गर्न र बिपन्न तथा अशक्तहरुलाई सक्दो सहयोग गर्न संस्था स्थापना भएको बताउँदै राष्ट्रिय भावनाको खेतीमा सरिक हुन सबैलाई आग्रह गर्नु भयो। सो अवसरमा वरिष्ठ समाजसेवी उत्तम कार्की, चन्द्र धिताल, अमर सिंह मा वि पोखराका पूर्व प्राचार्य नवराज पौडेल पत्रकार महासंघका अध्यक्षदीपेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम समारोहका सभापति तथा एफ एन बि एस् का अध्यक्ष सुर्य छेत्रीको सम्वोधन मन्तव्यसाथ सुसम्पन्न भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.