पुस १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म शुरु भइ विभिन्न कार्यक्रम सहित माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह विरोेधमा उत्रिएको हो । प्रचण्ड–नेपाल पक्षले ओलीको ‘असंवैधानिक’ कदम नसच्चिँदासम्म आन्दोलन भइरहने बताएको छ ।

