‘पानीको स्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्छ’

पुस १७, काठमाडौं । पानीको स्रोतलाई संरक्षण गर्न नेपाल सरकारले अहिले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

काठमाडौंमा बिहीबार भएको दक्षिण एसियाको जलस्रोत र नेपाल दृष्टिबारे अन्तर्क्रियामा सहभागी वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै स्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन् । पूर्वमुख्य सचिव लीलामणि पौडेलले नेपालको जलस्रोतलाई विद्युत् उत्पादनमा मात्रै जोड दिनुभन्दा खानेपानी, सिँचाइलगायतको क्षेत्रमा उपयोग गर्न सबैभन्दा पहिला स्रोत सुनिश्चितता गर्नुपर्ने बताए । अन्तर्क्रियामा जलस्रोत विज्ञ दीपक ज्ञवालीले पानीको स्रोतमै संरक्षण र व्यवस्थापन गर्न नसके नेपालले भविष्यमा ठूलो क्षति बेहोर्नुपर्ने बताए । नेपालले पानीको रणनीतिक स्रोतको व्यवस्थापन र उपयोग गर्न सके लाभ हुने उनको भनाइ छ ।

पानीको स्रोतलाई विद्युत् उत्पादनसँग मात्रै जोडेर हेर्दा नेपालको स्रोत नै गुम्न सक्ने अवस्था आउनेमा सचेत हुनुपर्नेमा पनि विज्ञहरुले जोड दिएका छन् । पानीलाई विद्युत्‌ बाहेकका अन्य क्षेत्रमा पनि उपयोग गर्न सके अधिकतम लाभ लिन सकिने पनि विज्ञहरुले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.