शिशुले कोखभित्रै गर्नसक्ने यी ६ काम

९ महिनापछि आकर्षक रुपमा जन्मिनुअघि आमाको कोखमा बच्चा कुन अवस्थामा कसरी बसेको हुन्छ भन्ने विषयमा सबैलाई खुल्दुली हुन सक्छ। कोखमा रहेको शिशु केबल त्यहाँ बस्ने र समयक्रम अनुसार वृद्धि भएको हुन्छ। तर यतिमै सीमित हुँदैन उनीहरुको ९ महिने चक्र। पेट भित्रको भ्रुण आफैंमा एउटा रहस्य हो, जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन्।

रुन्छन्
आमाको कोखभित्र रहेको बच्चा रुन्छन् भन्दा तपाईंलाई साहै दुःख लाग्न सक्छ। तर सत्य यो हो, उनीहरु बारम्बार सुस्तरी–सुस्तरी रोइरहेका हुन्छन्। गर्भवतीको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोख भित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र विस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ। तापनि भावनात्मक रुपमा उथलपुथलभन्दा पनि शिशुको नियमित विकासको प्रक्रियालाई लिइन्छ।

स्मरण गर्छन्
युनिभर्सिटी अफ हेल्सिन्कीको एक अध्ययनअनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन्।

स्वाद थाहा पाउँछन्
पेडियाट्रिकमा प्रकाशित एक अध्ययनअनुसार तेस्रो त्रैमासिक अवधिमा प्रर्याप्त गाजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउँछन्। अवश्य पनि शिशुले कोखमा बसेर खाना खाँदैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन्। र, यसको स्वाद पनि उनीहरुले थाहा पाउँछन्। विशेषगरी झोलिलो र फलफूलको स्वाद शिशुले थाहा पाउँछन्।

सुन्छन्
कोखमा रहेका शिशु सुन्छन् पनि। त्यही भएर गर्भवतीलाई राम्रो श्लोक बाचन गराउने परम्परा छ। युनिभर्सिटी अफ फ्लोरिडाको एक अध्ययनअनुसार आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रुणको मुटुको गति घट्छ। अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउँदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने बताइन्छ।

तनावप्रति प्रतिक्रिया जनाउँछन्
गर्भवतीलाई तनाव भयो भने कोखको भ्रुणलाई पनि तनाव हुने गर्छ। त्यही भएर गर्भावस्थामा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ। ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दाभिन्दै अध्ययनमा गर्भवती आमाले नकरात्मक प्रतिक्रिया दिँदा र आवेगमा आउँदा शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार देब्रे हातले ढाक्ने गर्छन्। तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग श्वास लिनुहोस र सदैव खुसी बन्नुहोस।

अभिव्यक्त पनि गर्छन्
डुरहाम र ल्यानकास्टर विश्वविद्यालयले गरेका अध्ययनअनुसार २४ साता भएका शिशुले ङिच्च हाँस्ने र ३६ सातामा आँखीभौं उचाल्ने गर्छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.