बोक्सीको आरोपमा सासूलाई कुटपिट गरि हत्या गर्ने बुहारी पक्राउ

पुस १३, सिरहा। बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आइतबार सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी शाह रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए। बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन् ।

बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारका क्रममा मृत्यु भएको थियो । पक्राउ परेकी मन्जुदेवीलाई आइतबार नै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.