‘मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेश’ : सञ्चारमन्त्री गुरुङ

पुस १२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताएका छन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘पाँचौँ आइसिटी अवार्ड–२०२०’ कार्यक्रममा उनले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।

उनले राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन गरिएको बताए । “मोबाइल, कम्युटर जस्तै राजनीतिलाई पनि अहिले सर्भिसिङ चाहिएकोले हामीले पाँच वर्षको प्रतिनिधिसभा तीन वर्षमा नै विघटन गरेर सर्भिसिङ गर्न थालेका छौँ”, उनले भने, “राजनीतिक सर्भिसिङले मुलुकलाई नयाँ गति प्रदान गर्नेछ ।”

उनले अब राजनीतिक र औद्योगिक क्रान्तिलाई पनि सँगसँगै लगेर मुलुकको समृद्धि गरिने बताए। सूचना प्रविधिको क्षेत्रमा काम गर्न सरकारी र निजी क्षेत्रसँग मिलेर मात्र सम्भव भएको भन्दै मन्त्री गुरुङले चाँडै नै सूचना प्रविधि लगानी सम्मेलन गर्न थालिएको जानकारी दिए । सरकार प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विदेशमा रहेका सूचना प्रविधि क्षेत्रका विज्ञलाई स्वदेशमा नै फर्काउने तयारी भइरहेको बताए। उनले सूचना प्रविधिमा काम गर्नका लागि स्वदेश तथा विदेशका विज्ञलाई समेटेर प्रभूत्व समूह गठन गर्न थालिएको जानकारी दिए ।

मन्त्री गुरुङले सूचना क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले सूचना क्षेत्रमा नै काम गर्नका लागि कार्यविधि तयारी गरिरहेको बताए । पूर्वनिर्वाचन आयोग प्रमुख निलकण्ठ उप्रेतीले नेपालको प्रजातन्त्रलाई विद्युतीय प्रजातन्त्रमा लैजानुपर्ने बताए। उनले पायोनियर आइसिटी अवार्ड पाएका थिए। उनले अब हुने निर्वाचनमा विद्युतीय माध्यमबाट हुनुपर्ने बताए । अवार्ड संयोजक राजन लम्सालले सूचना प्रविधिका क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्न हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.