पुस ९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको पौष ७ गते बसेको बैठकले नेपाल कराते महासंघका सह महासचिव ओम कृष्ण प्रसाईं लाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ ।
बौद्धिक खेलकर्मीका साथै युवा जमातमा लोकप्रिय बनेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज जस्तो महत्वपूर्ण जिम्मेवारी सफल रुपमा पूरा गर्दै गरेका ओम कृष्ण प्रसाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्यमा मनोनीत भएका छ्न।
प्रसाईकै नेतृत्वमा अघिल्लो स्थानीयका साथै प्रतिनिधि सभा र प्रदेस सभाको चुनाबमा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल तथा बागमती प्रदेश सभामुखले भारी मतले बिजय हासिल गरेका थिए । उनि खेलकुद, राजनिती लगायत विभिन्न सामाजिक संघ सस्थामा सकृय समेत रहेका छन्, उनलाई खेलकुदमा बौद्धिक ब्यक्तित्वका रुपमा पनि चिनिन्छ । उनि भन्छन् – ‘अबको कार्यक्रम भनेको पार्टीलाई संगठित र ब्यबस्थित गर्दै युबा तथा खेलकुद र सामाजिक कामलाई ध्यान दिनेछु ।’

