पुस ८, काठमाडौँ । गत मंसिर २३ गते मध्यान्ह १२ बजे कागेश्वरी मनोहरा नगरपालिका वडा ८, काँडाघारबाट बेपत्ता भएका १९ बर्षिय राजिव मगर अझै परिवारको सम्पर्कमा आएका छैनन् ।
झापा स्थायी घर भएको हाल काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा ८, शिवचोकमा परिवारसंगै बस्दै आएका उनी मंसिर २३ गते काममा जान्छु भनि १२ बजे निस्किएको र त्यही दिनदेखी सम्पर्कमा नआएको उनका बुबा कुलबहादुर मगरले बताए । हालसम्म घरमा नआएको र आफन्तहरुकाहाँ पनि नभए पछि महानगरी प्रहरी वृत्त बौद्धमा खोजी गर्न निवेदन दिएको छ । राजिवलाई खोज्न विभिन्न स्थानमा फोटो तथा हुलियासहितको सूचना टाँसिएको छ । उनलाई देख्ने तथा भेटाउने जोकोहीले पनि नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिनुहुन अनुरोध गरेका छन् ।

