‘संसद पुनर्स्थापना हुनु पर्छ’ : मोहनविक्रम सिंह

पुस ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले संसद पुनर्स्थापनाको माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषय अवैधानिक भएको भन्दै तत्काल पुनर्स्थापना गर्न माग गरेका हुन्।

उनले भने, ‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसदको पुनर्स्थापना गर्नु पर्छ ।’ महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गर्यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए। महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरेका छन् । तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृष्टिकोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको बताए ।

पार्टी भित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भिर स्थिति सिर्जना भएको टिप्पणी समेत गरे । नेकपाको अन्तर्कलहका कारण राजावादीहरुको सक्रियता बढेको समेत बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.