‘अलमल नगरौं’ मा अन्जली अधिकारी ( भिडियो )

पुस ७, काठमाडौँ । गायक लोक पौडेलको स्वरमा रहेको ‘अलमल नगरौं’ शिर्षकको (कृष्ण भजन) म्युजिक भिडियो सार्वजनिक भएको छ।

समय र उमेर छदै ईश्वर प्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न यस भजन गीतका माध्यम बाट संदेश व्यक्त गरिएको छ। यस भजनमा डा। भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ। कमल सौरागले यस भजनलाई संगीत संयोजन गरेका हुन्।

आकर्षक तरिकाले निर्माण भएको भिडियोमा अन्जली अधिकारी र राज खड्काको अभिनय रहेको छ। भिडियोमा आशुतोष अइडीको कोरियोग्राफी रहेको छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। मिरा इन्टरटेन्मेण्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.