पुस ६, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको सिफारिस गरिएकोबारे पत्र निर्वाचन आयोगमा पुर्याइएको छ ।
आइतबार बसेको अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाहीको सिफारिस केन्द्रीय कमिटीलाई गर्ने निर्णय गरेको थियो । सो निर्णयबारे आज निर्वाचन आयोगलाई स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी गराएका हुन् । ओलीलाई कारबाहीको जानकारी गराएको लिखित पत्र निर्वाचन आयोगमा ५३८ नम्बरमा दर्ता भएको छ ।

